ललितपुरः ललितपुर महानगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका प्रत्यासी चिरिबाबु महर्जनले ३ हजार २ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २ हजार ९ सय ४० र माओवादी केन्द्रका दिनेश महर्जनले ८ सय ९ मत प्राप्त गरेका छन्। ललितपुर महानगरपालिकाको १, २, ३ र ४ को मतगणना सकिएको हो।