PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

काठमाडौं महानगरमा तीन स्थानको एक साथ मतगणना



रासस

काठमाडौं महानगरमा तीन स्थानको एक साथ मतगणना

काठमाडौंः मतगणना कार्यमा तीव्रता दिन काठमाडौं महानगरपालिकामा तीन समूह बनाई गणना सुरु गरिएको छ । 

सोमबारदेखि सुरु गरिएको मतगणना कार्य अहिले तीन समूहबाट गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले महानगरको वडा नं १, २ र ३२ को एकैसाथ मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए। 

ढिलाइ भएको गुनासोपछि आयोगले टोली बढाएर छिटो गणनाका लागि निर्देशन पनि दिएको थियो । कुल ३२ वटा वडा रहेको महानगरमा दुई लाख ७९ हजार ३१६ मतदाता छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell