PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

काठमाडौंको मत गणना तीब्र पार्न एक गणनास्थल थपिँदै, प्यानल छुट्याएर मत गन्ने तयारी



पहिलोपोस्ट

काठमाडौंको मत गणना तीब्र पार्न एक गणनास्थल थपिँदै, प्यानल छुट्याएर मत गन्ने तयारी

काठमाडौं : मतगणना ज्यादै सुस्त भएका कारण काठमाडौं महानगरपालिकामा तीन ठाउँमा राखेर मत गन्ने तयारी पूरा भएको छ। आज बिहानमात्रै ६ स्थानमा मत गणना गरेर परिणाम तीब्र गतिमा ल्याउने तय भए पनि जनशक्ति अभाव भएको भन्दै तीन स्थानमा मात्र गन्ने तयारी भएको हो।

त्यसअनुसार अहिले दुई स्थानमा मत गणना भइरहेको छ भने थप एक स्थानमा मत गणनाको तयारी हुँदै गरेको हो। तेस्रो स्थानमा गरिने मत गणनाका लागि प्रतिनिधि थप्ने निर्णय भएको छ। 

मत गणनाको गतिप्रति व्यापक असन्तुष्टि भएपछि गणनास्थल थप गर्न लागिएको हो। गन्तीलाई छिटो बनाउन पार्टीको प्यानलमा खसेका मतलाई सर्टिङ गर्दै गन्ने तयारी भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell