
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १ मा खसेकोमध्ये १ हजार २ सय ३० मतको गन्ती सकिएको छ। खसेको कूल मत संख्यामा बदर भएको मत संख्या १ सय ९ रहेको छ।
एक नम्बर वडाबाट मेयरमा नेपाली कांग्रेसले ३ सय ५६ मत सहित अग्रता कायम गरेको छ। नेकपा एमालेले २ सय ९८ मत सहित नेपाली कांग्रेसलाई पछ्याइरहेको छ। प्रारम्भिक गणनामा अग्रस्थान लिएका साझा पार्टीका उम्मेदवारलाई १ सय ९८ मत र विवेकशील पार्टीका उम्मेदवारले १ सय ४८ मत पाएका छन्।
उपमेयरमा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ। ४ सय ४५ मत सहित उपमेयरमा कांग्रेसको अग्रता छ भने नेकपा एमाले-राप्रपा संयुक्त प्यानलका उम्मेदवारले २ सय १४ मत ल्याएका छन्। साझा पार्टीका उम्मेदवारले १ सय ४५ मत ल्याए।