PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

सल्यानको ढोरचौर ४ मा गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार विजयी



पहिलोपोस्ट

सल्यानको ढोरचौर ४ मा गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार विजयी

सल्यानः सल्यानको ढोरचौर गाउँपालिका ४ को वडा अध्यक्ष गोलाप्रथाबाट छानिएको छ ।

ढोरचौर गाउँपालिका वडा नं. ४ बाट वडा अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर ३ सय २१ मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट कांग्रेसका दिनेश विएम विजयी भएका छन्।

यता, सल्यानको ढोरचौरमा नेकपा एमालेले जित हात पारेको छ । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार नरवीर चलाउनेलाई ३ सय ८७ मतले पराजित गर्दै एमालेका चित्रबहादुर चलाउने गाउँपालिकाको अध्यक्ष बनेका हुन् । 

उनले १ हजार ९ सय २५ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका चलाउनेले १ हजार ५ सय ३८ मत प्राप्त गरेका थिए । 

त्यस्तै, उपाध्यक्षमा एमालेकै पुष्पा बोहराले माओवादी केन्द्रकी भूमी बुढाथोकीलाई पराजित गर्दै उपाध्यक्षमा जितेकी छन् । उनले १ हजार ९ सय ४६ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी बुढाथोकीले १ हजार ५ सय ९९ मत प्राप्त गरिन् । ५ वटा वडा रहेको ढोरचौर गाउँपालिकामा वडा नम्वर १ र २ माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका थिए । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell