
काठमाडौं: प्रदर्शनको तयारीमा रहेको फिल्म डायरीले सेन्सरबोर्डबाट पिजी सर्टिफिकेट पाएको छ। जेठ पाँच गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म प्रेमकथा र प्रेममा सिर्जना हुने द्वन्द्द्मा आधारित रहेको छ।
'फिल्ममा हिंसा सम्बन्धी दृश्यहरु पनि छन्। त्यसैले बाल दर्शकलाई अभिभावकको निगरानी चाहिन्छ नै,' सेन्सर बोर्डका तर्फबट सन्दिप सापकोटाले भने। फिल्ममा छुल्ठिम गुरुङ र सन्नी सिंहको मुख्य अभिनय छ। यि दुईबिचको भिलेन रहेकी छिन् नायिका रेखा थापा।
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको फिल्म मार्फत छुल्ठिमले निर्मात्रीको रुपमा डेब्यु गरेकी हुन्। फिल्ममा अन्य कलाकार बिनोद पौडेल , दिनेश डिसी लगायतलाईइ पनि देख्न सकिनेछ। छेतेन गुरुङको कथा रहेको फिल्मलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन्।