PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

मध्यपुरथिमि–१ मा कांग्रेसको प्यानल विजयी



रासस

मध्यपुरथिमि–१ मा कांग्रेसको प्यानल विजयी

भक्तपुरः भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको छ। 

खड्का एक हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अष्टकुमार कवेँले एक हजार १२४ मत प्राप्त गरे। 

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवारहरु महिला सदस्यमा विजयीलक्ष्मी द्वारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी भएका छन्। 

यता, मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाको प्यानल अग्रस्थानमा रहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell