PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बक्सअफिसको छलफल 'स्पीकर्स कर्नर'मा



पहिलोपोस्ट

बक्सअफिसको छलफल 'स्पीकर्स कर्नर'मा

काठमाडौं: चलचित्र पत्रकार संघ नेपालले हरेक महिना ‘स्पिकर्स कर्नर’ आयोजना गर्ने भएको छ। कला र मनोरञ्जन क्षेत्रसँग सम्बन्धित विषयमा बहस गर्नका लागि उक्त कार्यक्रम सुरु गर्ने भएको हो।

संघको मंगलबार बसेको नियमित बैठकले छलफलमुखी कार्यक्रमको निर्णय गरेको हो।

संघको पहिलो शृंखला जेठ १५ गते आयोजना हुने भएको छ। पहिलो शृंखलामा ‘नेपालमा बक्सअफिस’ शीर्षकमा बहस हुने बताइएको छ। बहसमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी वक्ताका रुपमा सहभागी हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell