बन्दीपुर : तनहँको बन्दीपुर गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६ को मत परिणाम सार्वजनिक भएको छ।
बन्दीपुरका निर्वाचन अधिकृत शिशिर पौडेलका अनुसार बन्दीपुर गाउँपालिका वडा नम्बर ३ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ। कांग्रेसका हस्तबहादुर विसी ३ सय ८० मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्धि माओवादी केन्द्रका प्रेम बहादुर अधिकारीले २ सय ८० मत प्रात गरेका हुन्।
वडा नम्बर ४ मा एमालेको प्यानल नै विजयी भएको छ। अध्यक्ष पदमा हरेराम थापाले ६ सय ३१ मत प्राप्त गरेका छन्।
त्यस्तै वडा नम्बर ५ मा माओवादी केन्द्रका धुव्रप्रसाद लामिछाने ४ सय ९६ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्धि एमालेका चत्तुरमान गुरुङले ३ सय ३१ मत प्राप्त गरेका छन्।
वडा नम्बर ६ मा नेपाली काङ्ग्रेसका शन्तबहादुर गुरुङ ५ सय २६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्धि माओवादी केन्द्रका हर्कमान गुरुङले २ सय ९१ मत प्राप्त गरेका छन्।
वडा नम्बर १ र २ को मतपरिणाम आउन बाँकी भएको निर्वाचन अधिकृत पौडेलले पहिलोपोष्टलाई बताए।