
सिन्धुलीः सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पानिराज बम्जन चार हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका हुन्। माओवादी केन्द्रकै उपाध्यक्ष पदका उम्मेदवार सङ्गीता माझी चार हजार ५२५ मत प्राप्त गर्दै विजयी भइन्।
त्यस्तै, नेपाली कांग्रेसका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नवराज श्रेष्ठ आकासले एक हजार ७४५, उपाध्यक्ष पदका उम्मेदवार विमला माझी एक हजार ८९२ र नेकपा एमाले र नयाँ शक्तिको संयुक्त प्यानलका एक बहादुर रानाले एक हजार ८६६ र नेकपा एमालेकी उपाध्यक्ष शर्मिला माझीले एक हजार ९७७ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसले सिन्धुलीको गोजन्जोर गाउँपालिका–२ मा दौलत कार्की ४७७, ५ मा वुद्धिबहादुर पाल्पाली खड्का ५३०, वडा नं ३ मा पुष्कर बरालले ४४२, फिकल गाउँपालिका–१ मा चेतबहादुर विश्वकर्मा ६००, कमलामाई नगरपालिका–१ मा महेश खतिवडा ९१५, दुधौली नगरपालिका–१ मा गोविन्द पहाडी ९५० र तीनपाटन गाउँपालिका–३ मा लालबहादुर स्याङ्तान ३९५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
त्यस्तै नेकपा एमालेले तीनपाटन गाउँपालिका–१ मा गोविन्द राउत ७६६, २ मा हेमबहादुर श्रेष्ठ ५१९, गोलन्जोर गाउँपालिका–४ मा वेगबहादुर मगर ६७६, फिकल गाउँपालिका–२ मा शंकरबहादुर भण्डारी ६७३, ३ मा टेकबहादुर रजनमगर ५७६, दुधौली नगरपालिका–३ मा साने धामी ६५०, सुनकोसी गाउँपालिका–३ मा भोजकुमार सिञ्जाली ३२७ र कमलामाई नगरपालिका–३ मा खड्गप्रसाद चौलागाई ३९१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
त्यस्तै मरिण गाउँपालिका–१ मा हिराबहादुर गुर्मछान ६१६, वडा नं २ मा चन्द्रनाथ गौतम ६६७, वडा नं ३ मा विमर्श मोक्तान ६९३, वडा नं ४ मा धनबहादुर स्याङ्तान ८७८, वडा नं ५ मा प्रचार सिं बम्जन ४३१, वडा नं ६ मा कुरसाङ लामा ६२२ र वडा नं ७ मा राजन थापाले ७०५ मत प्राप्त गर्दै विजयी भएका छन्। त्यस्तै, माओवादी केन्द्रका गोलन्जोर गाउँपालिका–१ मा मीनबहादुर सुनुवार ५२८, हरिहरपुरगढी गाउँपालिका–१ मा कार्साङ घलान ६७६ र चन्द्रबहादुर राई ४२९ मत प्राप्त गर्दै विजयी भएका छन्। रासस