काठमाडौ : आइतवार भएको पहिलो चरणको स्थानीय तहको निर्वाचन शान्तपूर्वक सम्पन्न भएको नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले जानकारी गएका छन्।
प्रहरी प्रधान कार्यलयले मंगलवार जारी गरिएको विज्ञप्तिमा छिटफुट ठाउँमा बाहेक अधिकांश स्थानमा शान्तपुर्वक मतदान भएकाले प्रहरी संगठनलाई नै पुनः एकपटक गौरवान्वित बनाएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, 'पहिलो चरणको निर्वाचनको मतगणना र दोस्रो साथै प्रदेश र संसदको निर्वाचनमा समेत भरपर्दो सुरक्षा व्यवस्था मिलाउने गहन जिम्मेवारी हाम्रो काँधमा छ।'
महानिरीक्षक अर्यालले अन्य निकायको समन्वय, सुरक्षा निकायको सहकार्यले आगामी निर्वाचन पनि शान्त वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।