PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

पाँचखाल नगरपालिका ४ मा काँग्रेस र ५ मा माओवादी केन्द्र विजयी



पहिलोपोस्ट

पाँचखाल नगरपालिका ४ मा काँग्रेस र ५ मा माओवादी केन्द्र विजयी

काभ्रे : काभ्रे जिल्लाको पाँचखाल नगरपालिका –४ मा नेपाली काँग्रेस र ५ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। पाँचखाल–४ मा नेपाली काँग्रेसका तर्फबाट सुन्दर तामाङ ७१५ मत ल्याएर विजयी हुनुभएको छ भने ५ मा नेकपा (माओवादी केन्द्र) का बालकृष्ण सापकोटा ४२३ मत ल्याएर विजयी भएका हुन्। 

वडा नम्बर ४ मा तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गणेश नेपाल ४७९ मत ल्याई दोस्रो भएका छन्। वडा नम्बर ५ मा एमालेकै सीताराम ढुङ्गाना ४१८ मतले दोस्रो भएका छन्। 

वडा नम्बर ४ मा महिला सदस्यमा नेपाली काँग्रेसका तर्फबाट सञ्जिता दनुवार विजयी भएकी छन्। त्यसैगरी, काँग्रेसबाट नै दलित महिला सदस्यमा जमुना विश्वकर्मा, पहिलो सदस्यमा कृष्णबहादुर राई र दोस्रो सदस्यमा निरबहादुर लामा विजयी भएका छन्। 

वडा नम्बर ५ मा एमालेबाट महिला सदस्यमा चित्रकुमारी सापकोटा, दलित महिला सदस्यमा जमुना मिजार सार्की, पहिलो सदस्यमा टोकबहादुर सापकोटा र दोस्रो नम्बर सदस्यमा भोटु गिरी विजयी भएका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell