PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी



पहिलोपोस्ट

पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी

पोखराः पर्वतको महाशिला गाउँपालिका प्रमुखमा एमालेका राजु पौडेल निर्वाचित भएका छन्। 

महाशिला गाउँपालिकाको एक सदस्य बाहेक सवै पदमा एमाले विजयी भएको हो । पौडेल २ हजार ४ सय ५३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी उज्जवल गुरुङ्गले २ हजार १० मत पाएका छन् । 

त्यसैगरी, उपाध्यक्षमा विजयी हिरादेवी थापाले २ हजार ४ सय ८३ मत पाएकी छन् भने पराजित भएकी सृजना मल्ल ठकुरीले १ हजार ९ सय ५१ मत प्राप्त गरेकी छन्।  

महाशिला गाउँपालिको वडा नं १,३,४,५ र ६ मा एमालेले जितेको हो। वडा नं २ मा भने कांग्रेसका उम्मेदवारले जितेको छन् । वडा नं १ मा इश्वरी भुसाल, २ मा ताराबहादुर राना, ३ मा रोशन गुरुङ्ग, ४ मा पुरनबहादुर मल्ल, ५ मा जीवन उचैं ठकुरी र ६ मा रामबहादुर सुनार विजयी भएका हुन् । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell