धुलिखेलः यसअघि स्थगित भएको काभ्रेको धुलिखेल नगरपालिका–१२ र नमोबुद्ध नगरपालिका–४ मा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।
धुलिखेल नगरपालिका–१२ मा केही दिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा सदस्यका उम्मेदवार सुकमान तामाङको निधन भएको र नमोबुद्ध नगरपालिका–४ मेथिनकोटमा गत वैशाख ३० गते राति सशस्त्र प्रहरीको गोलीबाट स्थानीय नवराज पाठकको मृत्यु भएपछि निर्वाचन स्थगित भएको थियो।
निर्वाचन स्थगित रहेको मेथिनकोटस्थित जनक मावि केन्द्र र शङ्खुमा रहेको हो। रासस