
डोल्पाः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
प्रमुखमा ओमबहादुर बुढा एक हजार ६०९ मत ल्याएर विजय भएका छन् भने उपप्रमुखमा चन्द्राकुमारी बुढा एक हजार ८४५ मत ल्याएर विजयी भएकी छन् ।
नगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कमसिंह थापा २८३ मतसहित कांग्रेसको प्यानलनै विजयी भएको छ । रासस