PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी



रासस

कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी

पोखराः कास्कीको रुपा गाउँपालिकामा नेकपा एमालेका नवराज ओझा चार हजार २१२ मत ल्याई विजयी भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशमोहन खनालले तीन हजार २७५ मत ल्याएका छन्। गाउँपालिकाको उपाध्यक्षमा एमालेकी लाल सुब्वा गुरुङ तीनहजार ९९५ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी जी माया गुरुङले तीन हजार ४५६ मत प्राप्त गरेकी छन्। 

गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ मा पूरै प्यानलसहित नेकपा एमालेका वडाध्यक्ष क्रमशः रामजी अधिकारी, मुकुन्द वंशी, टेकबहादुर गुरुङ र नारायण गुरुङ विजयी भएका छन्। 

त्यस्तै, वडा नं १, २ र ७ मा नेपाली कांग्रेसका पूरै प्यानलसहित वडाध्यक्षहरु दीपक आलेमगर, हरिकृष्ण ओझा र दयासागर सुवेदी विजयी भएका छन्। 

सात वडा भएको सो गाउँपालिकामा ११ हजार ३१५ मतदाता भएकोमा आठ हजार २६४ मत खसेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell