PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

आइपीएल : पुने फाइनलमा, मुम्बईलाई अर्को मौका



पहिलोपोस्ट

आइपीएल : पुने फाइनलमा, मुम्बईलाई अर्को मौका

मुम्बई : राइजिङ पुने सुपरजाइन्टस् इन्डियन प्रिमियर लिग आइपीएल-१० को फाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न पहिलो प्लेअफमा मुम्बई इन्डियन्सलाई २० रनले पराजित गर्दै पुने फाइनलमा प्रवेश गरेको हो।

लिग चरणमा दोस्रो भएको पुनेले शीर्ष स्थानको मुम्बईलाई पराजित गर्ने क्रममा १६२ रनको टार्गेट डिफेण्ड गर्‍यो।

फाइनलमा पुनेले दोस्रो प्लेअफको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ। हारेपनि मुम्बईले दोस्रो प्लेअफ खेल्ने मौका पाउनेछ। मुम्बईले बुधबार हुने सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सको इलिमिमनेटर खेलको विजेतासँग खेल्नेछ।

वाङ्खडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १६२ रन बनाएको थियो। पुनेका लागि ओपनर अजिन्का रहाने र मनोज तिवारीले अर्धशतक बनाए। तिवारीले सर्वाधिक ५८ तथा राहनेले ५६ रन बनाए। यस्तै महेन्द्र सिंह धोनीले २६ बल खेल्दै ५ छक्काको मद्दतमा नटआउट ४० रन जोडे।

पहिलो ओभरमै मुम्बईका मिचेल म्यालेनघानले राहुल त्रिपाठी(०)र दोस्रो ओभरमा लाथिस मिलगाले कप्तान स्टिभ स्मिथलाई(१) मा आउट गरेपछि पुने दबाबमा परेको थियो। तर तेस्रो विकेटका लागि रहाने र तिवारीले ८० रनको साझेदारी गर्दै इनिङ्स उकासे। तिवारीले चौथो विकेटका लागि धोनीसँग ७३ रनको साजेदारी गरे।

जवाफमा मुम्बईले पूरे २० ओभर खेल्दै ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो। मुम्बईका पार्थिव पटेलले अर्धशतक बनाएपनि पुनेको कसिलो बलिङसामु अन्य खेलाडी ६क्न नसक्दा हार बेहोर्न बाध्य भयो। यस सिजन पुनेले मुम्बईलाई हराएको यो तेस्रो पटक हो। मुम्बईका लागि पटेलले सर्वाधिक ५२ रन बनाए।

पुनेलाई जित दिलाउन बलिङमा वासिङ्टन सुन्दर र सार्दुल ठाकुरले ३-३ विकेट लिए। सुन्दरले ४ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell