
नुवाकोटः नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेस उम्मेदवार छत्रबहादुर लामा २,५६८ मत ल्याएर अध्यक्षमा र मायादेवी न्यौपाने २,३९४ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
वडाध्यक्षमा किस्पाङ–१ नं बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइत घले, २ नं बाट नेपाली कांग्रेसका देवनाथ भट्ट, ३ नं बाट नेपाली कांग्रेसका अमृतबहादुर तामाङ, ४ नं बाट नेकपा एमालेका एकराज घले र ५ नं बाट कांग्रेसका नरहरि भट्ट निर्वाचित भएका छन् । रासस