PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

प्रिमियर लिग : म्यानचेष्टर सिटी र आर्सनल विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटी र आर्सनल विजयी

प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यानचेष्टर सिटी र आर्सनलले जित हात पारेका छन्।

सिटीले वेष्टब्रोमलाई ३-१ ले हराउँदै आगामी सिजनको च्याम्पियन्स लिगमा सिधै छनौट हुने सम्भावना बलियो बनाएको छ। सिटिको जितमा गाब्रिएल जेसस, केभिन डे ब्रुएना र याया टुरेले गोल गरे। वेष्ट ब्रोमका लागि हल रोब्सन कानुले एक गोल फर्काए।

जितपछि ३७ खेलबाट ७५ अंक जोड्दै सिटी तेस्रो स्थानमा उक्लेको छ।

समान खेलबाट लिभरपुलको ७३ अंक छ। सिटीले अन्तिम खेलमा वाटफोर्डलाई पराजित गरेको खण्डमा तेस्रो स्थानमा लिग टुङ्गाउने छ।

यस्तै एलेक्स सान्चेजको दुई गोल मद्तमा आर्सनलले सण्डरल्याण्डलाई २-० ले हराउँदै शीर्ष चारको सम्भावना कायमै राखेको छ। ३७ खेलबाट ७२ अक जोडेको आर्सनल पाँचौ स्थानमा छ।

आर्सनलले अनतिम खेलमा एभरटन तथा लिभरपुलले रेलिगेशनमा परिसकेको मिडल्स्ब्रोसँग खेल्नेछ। यसअघि नै लिग च्याम्पियन बनिसकेको चेल्सी ९० अंकका साथ पहिलो र टोटनहम ८० अंकका साथ दोस्रोमा छ। टोटनहम लिगमा दोस्रो हुने पक्का छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell