
म्याग्दीः म्याग्दीको बेनी नगरपालिकाका वडा नं ४, ५, ६ र ७ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
बेनपा–४ को वडा अध्यक्षमा एमालेका गोविन्द पौडेल ४९४ मत प्राप्त गरी निर्वाचित भएका छन् । पौडेलका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अणबहादुर खड्काले ४२५ र नेपाली कांग्रेसका मिनबहादुर बानियाँले ४०५ मत प्राप्त गरेका छन्।
सदस्यमा दुर्गा कार्की बानियाँ, जमुना मिजार, खडानन्द कँडेल र देवबहादुर घले निर्वाचित भएका छन् । बेनपा–५ को वडा अध्यक्षमा निर्वाचित एमालेका लक्ष्मण बानियाँले ६९९ मत प्राप्त गरेका छन् । सदस्यमा यामकुमारी पाईजा पुन, रीता दर्जी, तोकबहादुर कार्की र रामप्रसाद सुवेदी निर्वाचित भएका छन् ।
बेनपा–६ को वडा अध्यक्षमा एमालेका कृष्णबहादुर कार्की ७२२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण कार्कीले ३२० मत ल्याएका छन् । वडा सदस्यमा एमालेका सावित्री उपाध्याय, राजकुमारी विश्वकर्मा, गणेशबहादुर शाही र दयासागर शर्मा निर्वाचित भएका छन् ।
वडा नं ७ को अध्यक्षमा एमालेका राजेन्द्र श्रेष्ठ ३३२ मत प्राप्त गरी निर्वाचित भएका छन् । सदस्यमा नेकपा माओवादी केन्द्रका शेरबहादुर केसी, राप्रपाका हरिबहादुर शाक्य, एमालेकी टकसरा राना र शर्मिला पुन किसान निर्वाचित भएका छन् ।
बेनी नगरपालिकाका सातवटा वडाको मतगणना सकिंदासम्म प्रमुखमा एमालेका प्रमोद श्रेष्ठले ४,२६७, कांग्रेसका हरिकुमार श्रेष्ठले चार हजार १३७, उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवालले तीन हजार २८१ र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले दुई हजार ९९३ मत प्राप्त गरेका छन्।
बेनी नगरपालिकाको वडा नं ८, ९ र १० को मतगणना सकिन बाँकी छ । वडा नं १ मा एमालेका टेकबहादुर रावल, २ मा एमालेका हीराबहादुर थापा र ३ मा स्वतन्त्र उम्मेदवार पदम पुन निर्वाचित भएका छन् । रासस