धादिङ : धादिङको गंगाजमुना गाउँपालिकामा वडा नम्वर ५ को अध्यक्षमा रामचन्द्र अधिकारीसहित एमालेको प्यानलनै विजयी भएको छ।
गंगाजमुना गाउँपालिकाका निर्वाचन अधिकृत भगवान लाल श्रेष्ठका अनुसार रामचन्द्र अधिकारीले ७ सय ७७ मत ल्याएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका राजकुमार कार्कीले ५ सय ६४ मत प्राप्त गरे।
यस्तै वडा नम्वर ४ मा नेपाल कांग्रेसका हरिमान श्रेष्ठ ३ सय ९४ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्दी एमालेका केशव सिम्खडाले ३ सय ४८ मत प्राप्त गरे।
गंगाजुमना गाउँपालिकाको वडा नम्वर १ मा माओवादी तथा २ र ३ मा कांगेस विजयी भइसकेको छ।