
मन्थलीः रामेछापको गोकुलगंगा गाउँपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् ।
प्रमुखमा ३५५१ मत प्राप्त गरी खड्ग सुनुवार र उपप्रमुखमा ३६८८ मत प्राप्त गरी राधिका श्रेष्ठ विजयी भएकी हुन् । त्यस्तै, मन्थली नगरपालिका वडा नम्बर ६, ७ र आठको वडा अध्यक्षमा पनि एमाले उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ६ मा गोपाल माझी, ७ मा सुदर्शन प्रसाईँ र आठमा राजकुमार श्रेष्ठ विजयी भएका हुन् ।