PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

नवलपरासीको हुप्सेकोट गाउँपालिका प्रमुखमा कांग्रेसकी लक्ष्मी पाण्डे विजयी



रासस

नवलपरासीको हुप्सेकोट गाउँपालिका प्रमुखमा कांग्रेसकी लक्ष्मी पाण्डे विजयी

नवलपरासीः नवलपरासीको हुप्सेकोट गाउँपालिकाको प्रमुखमा  नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे विजयी भएकी छन् । 
४ हजार ५९२ मत प्राप्त गरी पाण्डे प्रमुखमा विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गरेक छन् । 
त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल ४ हजार ४६८ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका डम्मर जिसी विजयी भएका छन्। यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै मिना राना विजयी भएकी छन् ।

यसअघि, नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दुर्गाबहादुर राना विजयी भएक छन् । त्यसैगरी, उपाध्यक्षमा पनि कांग्रेसकै मायादेवी श्रेष्ठ विजयी भइसकेकी छन्। 

योसँगै नवलपरासीका चारवटा गाउँपालिकामध्ये तीनवटा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुखमा निर्वाचित भइसकेका छन् । हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा कांग्रेस विजयी बनेको हो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell