PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

पोखरा महानगरको वडा नं ३ र ४ मा कांग्रेस विजयी



रासस

पोखरा महानगरको वडा नं ३ र ४ मा कांग्रेस विजयी

पोखराः पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३ र ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । 

वडा नं ३ मा नेपाली कांग्रेसका रवीन्द्रबहादुर प्रजु ९६३ मतसहित वडा अध्यक्षमा विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शशिधर पराजुलीले ६४८ मत प्राप्त गरेका छन् । वडामा नेपाली कांग्रेसका महिला सदस्यमा लक्ष्मी पराजुली, दलित महिला सदस्यमा सावी परियार, दुई खुल्ला सदस्यमा रवीन कायस्थ र जीतेन्द्र कायस्थ विजयी भएका छन् । 

महानगरको वडा नं ४ को अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका शङ्कर बास्तोला विजयी भएका छन् । 
सो वडामा नेपाली कांग्रेसकातर्फबाट महिला सदस्यमा सरिता पराजुली, दलित महिला सदस्यमा विष्णुमाया परियार, दुई खुला सदस्यमा पुष्करबहादुर श्रेष्ठ र सुवर्ण केसी विजयी भएका छन् । रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell