PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मकवानपुरगढी गाउँपालिकामा एमाले विजयी



रासस

मकवानपुरगढी गाउँपालिकामा एमाले विजयी

हेटौंडाः मकवानपुरको मकवानपरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका विदुर हुमागाईं तीन हजार ८१४ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दोर्जे लामाले तीन हजार ६५२ मत प्राप्त गरेका छन्। 

त्यसैगरी, उपाध्यक्ष पदमा नेकपा एमालेका हर्कमाया रुम्बा तीन हजार ७१७ मत प्राप्त गरी विजयी भएकी छन्। 

त्यसैगरी, हेटौंडा उपमहानगरपालिका–१९ वडाअध्यक्ष पदमा एमालेका नवराज सुवेदीले ८३६ मत प्राप्त गरी विजयी भएका छन् ।
अन्य गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मतगणनाको कार्य अहिले पनि जारी छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell