PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

रघुगङ्गा–२ को अध्यक्षमा माओवादीका कटुवाल विजयी



रासस

रघुगङ्गा–२ को अध्यक्षमा माओवादीका कटुवाल विजयी

म्याग्दीः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले विजयी भएका छन्। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानलबाट वडा अध्यक्षको उम्मेदवार बनेका कटुवाल ९९४ मत ल्याएर विजयी भएका हुन् । 
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरसिंहबहादुर खत्रीले ४४३ मत पाएका छन् । 

रघुगङ्गा–२ वडामा अध्यक्षसहित एमाले–माओवादीको प्यानल नै विजयी भएको छ । सो प्यानलबाट खुला सदस्यमा देवेन्द्र केसीले ९७६, रवीन भण्डारीले ८१६, महिला सदस्यमा गोरी भण्डारीले ८७५ र दलित महिला सदस्यमा रसिला परियारले ७५६ मत ल्याएर विजयी भएका छन् । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell