
वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा आतङ्कवाद र विमान कम्पनीको सुरक्षाका विषयमा रसियासँग जानकारी आदानप्रदान गर्ने पूर्णतया अधिकार रहेको बताएका छन्।
राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकी राष्ट्रपतिका रुपमा आफूमा आतङ्कवाद र विमान कम्पनीको सुरक्षार्थ सूचना आदानप्रदान गर्न आफूलाई अधिकार रहेको बताएका हुन्।
यद्यपि ट्वीटमा उनले इस्लामिक स्टेट ९आईएस० समूहका बारेमा अमेरिकासँग रहेको गोप्य सूचनाबारे खुलासा गरेको हो वा होइन भन्ने विषयमा नखुलाइएको अमेरिकी अधिकारीले एसोसिएटेड प्रेस ९एपी० लाई बताएका छन्।
ह्वाइट हाउसले यी रिपोर्टका विषयमा केही स्पष्टीकरण दिएको छैन । न गोप्य कुरालाई गत मे १० मा ट्रम्प र रसियाली कूटनीतिज्ञहरुबीच दिइएको बताएको छ न यसको खण्डन नै गरेको छ । क्रेमलिनले भने उक्त रिपोर्ट निराधार रहेको जनाएको छ।
राष्ट्रपति ट्रम्प र रसियाली कूटनीतिज्ञबीच भएका कुरामा ट्रम्पले आतङ्कवाद र विमानको सुरक्षाका विषयमा केही कुरा सार्वजनिक गरेको हुनसक्ने भन्दै समाचार आएका थिए।
ट्रम्पले आफूले रसियासँग आईएसविरुद्धको लडाइँ र आतङ्कवाद नियन्त्रणका विषयमा रसियाको सकारात्मक सहयोग लिन खोजेको बताए । रासस/एपी