PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सरकारी सैन्य कारबाहीमा ३२ अफगान विद्रोहीको मृत्यु



रासस

सरकारी सैन्य कारबाहीमा ३२ अफगान विद्रोहीको मृत्यु

अफगानिस्तानः अफगान सरकारले तालिवानविरुद्ध गरेको सुरक्षा कारबाहीमा बागलान प्रान्तको बुर्का जिल्लामा ३२ जना सशस्त्र तालिवान विद्रोहीको मृत्यु भएको बताएको छ। 

बिहान सबेरैदेखि विद्रोहीद्वारा बुर्का जिल्ला कब्जा गर्न गरेको प्रयासलाई सेनाले असफल पारेको र सो क्रममा भएका भीडन्तमा केही विद्रोहीको मृत्यु भएको प्रहरी प्रमुख एकरामुद्दिन सारिहले बताए। झडपमा कैयौँ विद्रोही घाइते भएको अफगानी अधिकारीले बताएका छन् । 

झडपका क्रममा सातजना सुरक्षाकर्मी मारिएका बताइएको भएपनि घाइतेको सङ्ख्याबारे सेनाले केही खुलाएको छैन । रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell