PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

लमजुङको मध्यनेपाल प्रमुखमा कांग्रेस विजयी



रासस

लमजुङको मध्यनेपाल प्रमुखमा कांग्रेस विजयी

लमजुङः लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन् । 

नेकपा माओवादी केन्द्रका मोहनहरि पौडेललाई एक हजार ४२१ मतले पछि पार्दै पाँच हजार ९६८ मत ल्याएर पाण्डेले जित हात पारेका हुन् । पौडेलले चार हजार ५४७ मत प्राप्त गरेका छन् । 

उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीता शाहीलाई २३४ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन्। 

श्रेष्ठले पाँच हजार ५६६ र शाहीले पाँच हजार ३३२ मत ल्याएका छन् । 
मध्यनेपाल नगरपालिकाको वडा नं १ को अध्यक्षमा कांग्रेसका चन्द्रमणि पौडेल, वडा नं–२ को अध्यक्षमा कांग्रेसका पदमबहादुर थापा, वडा नं– ३ को अध्यक्षमा एमालेका नेत्रबहादुर बस्नेत, वडा नं– ४ को अध्यक्षमा एमालेका निर्मल गौतम, वडा नं– ५ को अध्यक्षमा कांग्रेसका बालकुमार जोशी निर्वाचित भएका छन् । 

त्यस्तै वडा नं– ६ को अध्यक्षमा माओवादी केन्द्रका विष्णुभक्त पौडेल, वडा नं– ७ को अध्यक्षमा कांग्रेसका गगन घिमिरे, वडा नं ८ को अध्यक्षमा एमालेका अमृत तामाङ, वडा नं ९ अध्यक्षमा एमालेका सूर्यबहादुर कुँवर र वडा नं १० को अध्यक्षमा कांग्रेसका रामचन्द्र भण्डारी निवाचित भएका छन् रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell