PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

 निसीखोला गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार विजयी



रासस

 निसीखोला गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार विजयी

बागलुङः बागलुङको निसीखोला गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। 

दुई हजार ९३७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका तारानाथ पौडेल गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रेम घर्तीले हजार ३८ मत प्राप्त गरेका छन्। 

गाउँपालिका उपप्रमुखमा पनि नेपाली कांग्रेसकै शोभा कार्की विजयी भएकी छन्। उनले दुई हजार ८७२ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी यशोधा रेग्मीले दुई हजार तीन मत प्राप्त गरिन्। 

सात वडा भएको निसीखोला गाउँपालिकामा वडा नं १, ४, ५ र ६ मा क्रमशः नेपाली कांग्रेसका इन्द्रबहादुर शाही, टीकानिधि पौडेल, हर्कमान घर्ती र सूर्यबहादुर घर्ती समूहसहित विजयी भएका छन्। 

वाड नं. २ मा माओवादी केन्द्रका कुवीर विक र वडा नं ३ मा राष्ट्रिय जनमोर्चाका जुनविक्रम शाही विजयी भएका छन्। वडा नं ७ मा भने स्वतन्त्र उम्मेदवार तेजिन्द्रविक्रम कुँवरको समूह विजयी भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell