
पोखराः कास्कीको अन्नपुर्ण गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका युवराज कुँबर विजयी भएका छन् ।
नेकपा एमालेका विष्णुबहादुर गुरुङलाई पराजित गर्दै कुँबर विजयी भएका हुन् । कुँबरले ४ हजार ६ सय ७२ मत प्राप्त गरे भने गुरुङले ४ हजार ४ सय ८ मत ल्याएका छन् ।
उपप्रमुखमा भने एमालेकी सगुन गुरुङले ४५ सय ८६ मत ल्याउदै विजयी भएकी छन् ।
अन्नपूर्ण गाउँपाािलकाको ४,५, ६,८,९ वडामा कांग्रेसले जितेको छ भने वडा नम्बर ७, १०, ११ मा एमाले विजयी भएको छ।