
काठमाडौं : निकै सुस्त गतिमा गणना भइरहेको काठमाडौँ महानगरेको वडा नं. १ को परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाम अनुसार वडा नं. १ मा एमाले विजयी भएको छ। एमालेका भरतलाल श्रेष्ठ विजयी भएका हुन्।
श्रेष्ठले १ हजार ३५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३९ मत प्राप्त गरेका हुन्।
काठमाडौं महानगरपालिकाको वडा १ को मात्र मतगणना सकिएको हो। वडा ३२ को मतगणना जारी छ। १ को मतगणना सकिएसँगै वडा ३१ को मतगणना सुरु भएको छ।