PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

पर्वतको पैंयूँ गाउँपालिकामा कांग्रेसका तिवारी विजयी



रासस

पर्वतको पैंयूँ गाउँपालिकामा कांग्रेसका तिवारी विजयी

पर्वतः नेपाली कांग्रेसका खगेन्द्र तिवारी पर्वतको पैंयूँ गाउँपालिकामा प्रमुखमा विजयी भएका छन्। 

तिवारीले तीन हजार ४३१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मित्रलाल बस्यालले दुई हजार ४५४ मत प्राप्त गरेका छन्। 

पैंयूँ गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसका जसमती गुरुङ विजयी भएकी छन् । 
त्यस्तै, वडा नं १, २, ६ र ७ मा कांग्रेस, तथा ३ र ४ मा एमाले विजयी भएको छ भने ५ नम्बर वडामा माओवादी केन्द्रले जितेका छन् ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell