PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

विजय गच्छदारको पार्टीले काभ्रे तेमालमा जित्यो वडाध्यक्ष



पहिलोपोस्ट

विजय गच्छदारको पार्टीले काभ्रे तेमालमा जित्यो वडाध्यक्ष

काठमाडौँ : विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक काभ्रेको तेमाल गाउँपालिका ३ मा विजयी भएको छ। फोरमका उम्मेद्वार विष्णुबहादुर तामाङले तेमाल ३ को वडाध्यक्षमा जीत हात पारेका हुन्। 

काभ्रे फोरम केन्द्रीय सदस्य गणेश लामाको  गृह जिल्ला हो। 

यस्तै, वडा नं ४ मा नेपाली काङ्ग्रेसका आशापुर तामाङ, वडा नं ५ मा नेपाली काङ्ग्रेसकै प्रबिण लामा वडा नं ६ मा नेपाली काङ्ग्रेस बिकुलाल लामा वडा नं ७ मा पनि काङ्ग्रेसका ज्ञानबहादुर तामाङ विजयी भएका छन्। वडा नं ८ मा भने माओवादीका लक्ष्मीबहादुर तामाङ विजयी भएका छन्।

गाउँपालिका प्रमुखमा नेपाली काङ्ग्रेसको १३२१ उपप्रमुखमा १०७३ एमालेको प्रमुखमा ९४४ र उपप्रमुखमा ९७८ र माओवादीको प्रमुखमा १३४१ र उपप्रमुखमा १२१३ मत रहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell