
धुलिखेलः काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रेम तिमल्सिना ३८६८मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त गरे ।
उपाध्यक्षमा कांग्रेसकै सरिता लामिछाने (लामा) ले ३८५२ मत प्राप्त गरी विजयी हासिल गरेकी छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका उन्नती केसीले २८४१ मत प्राप्त गरेकी छन् ।
रोशी गाउँपालिकाको ५ नं– वडा सिसाखानीमा नेकपा माओवादी केन्द्रको समूह नै विजयी भएको छ ।
माओवादीका तीर्थबहादुर लामाले २८४ मत प्राप्त गरेका छन् भने निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका धावा लामाले २०९ मत प्राप्त गरेका छन् ।
माओवादीकातर्फबाट महिला सदस्य निशा लामा, दलित महिला सदस्य मैया विक, सदस्य लालसिंह लामा र सञ्च लमिनी विजयी भएका छन् । रासस