PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

सैन्य कारबाहीमा ३२ अफगानी विद्रोहीको मृत्यु



पहिलोपोस्ट

सैन्य कारबाहीमा ३२ अफगानी विद्रोहीको मृत्यु

अफगानिस्तान : अफगानिस्तानको सरकारले तालिवानविरुद्ध गरेको सुरक्षा कारबाहीमा बागलान प्रान्तको बुर्का जिल्लामा ३२ जना सशस्त्र तालिवान विद्रोहीको मृत्यु भएको यहाँका प्रहरी प्रमुख एकरामुद्दिन सारिहले मङ्गलबार बताए। 

विद्रोहीद्वारा बुर्का जिल्ला कब्जा गर्न गरेको प्रयासलाई सेनाले असफल पारेको र सो क्रममा भएका भीडन्तमा केही विद्रोहीको मृत्यु भएको सारिहले बताए। झडपमा कैयौँ विद्रोही घाइते भएको अफगानी अधिकारीले बताएका छन्। 

सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे सोधिएको प्रश्नमा झडपका क्रममा सातजना सुरक्षाकर्मीले शाहदत प्राप्त गरेको बताइएको भए पनि घाइतेको सङ्ख्याबारे सेनाले केही खुलाएको छैन। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell