PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

शङ्करापुरको सात वटा वडाको मतपरिणाम सार्वजनिक



रासस

शङ्करापुरको सात वटा वडाको मतपरिणाम सार्वजनिक

काठमाडौंः काठमाडौँको शङ्करापुर नगरपालिकाको सातवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । 

शङ्करापुर– १, २ र ५ मा नेकपा एमाले, वडा नं– ३ मा नेकपा माओवादी केन्द्र, वडा नं– ४ मा नेपाली कांग्रेस तथा वडा नं– ६ र वडा नं– ७ मा राप्रपा विजयी भएको छ । 

शङ्करापुर– १ मा एमालेका श्याममणि ढुङ्गाना, २ मा जीवन लामा र वडा नं– ५ मा शेरगम्भीर थापा विजयी भएका छन् । 

त्यस्तै वडा नं– ३ मा माओवादी केन्द्रका सन्तबहादुर तामाङ, वडा नं– ४ मा कांग्रेसका बुद्धिबहादुर लामा, वडा नं– ६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ र ७ मा राप्रपाकै विष्णुप्रसाद श्रेष्ठ वडाध्यक्षमा विजयी भएका छन् । 

त्यसैगरी शङ्करापुर नगरप्रमुखमा एमालेका सुवर्ण श्रेष्ठले तीन हजार २८४, कांग्रेसका शङ्कर तिवारीले दुई हजार १५९, राप्रपाका मीजेन्द्रकाजी श्रेष्ठले दुई हजार १५३ र माओवादी केन्द्रका कृष्णराज सुवेदीले दुई हजार ३० मत प्राप्त गरेका छन््। कुल १७ हजार मतदाता रहेको शङ्खरापुरमा १४ हजार ७७६ मत खसेको थियो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell