मेलम्चीः मेलम्ची नगरपालिका– ६, ७ र ८ मा नेकपा एमाले विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– ९ मा नेपाली कांग्रेस विजयी भएको छ ।
नगरपालिकाको वडा नं– ६ को वडाध्यक्षमा एमालेका जितराज थापा ८०४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेम तामाङले ६२५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सोही नगरपालिकाको वडा नं ७ को वडाध्यक्षमा एमालेका ज्ञानु श्रेष्ठ एकम हजार ९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्यानबहादुर तामाङले ७२२ मत प्राप्त गरेका छन् ।
नगरपालिकाको वडा नं– ८ को वडाध्यक्षमा एमालेका छङ्कराज गिरी ३६४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितबहादुर दोङले ३२७ मत प्राप्त गरेका छन्।
त्यस्तै वडा नं– ९ को वडाध्यक्षमा कांग्रेसका कमलबहादुर खड्का ९२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ठाकुरप्रसाद कुँइकेलले ६५८ मत प्राप्त गरेका छन् ।
यसैगरी मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणामअनुसार नगर प्रमुखमा नेकपा एमालेका डम्वर अर्याल पाँच हजार ५५५ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका आइतमान तामाङले चार हजार ९४२ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका श्याम खड्काले दुई हजार ३२२, राप्रपाका फणिन्द्र दाहालले दुई हजार एक मत प्राप्त प्राप्त गरेका छन् ।
यस्तै नगर उपप्रमुखमा एमालेका भगवती नेपालले पाँच हजार ७४७, कांग्रेसका सविता गुरुङले चार हजार ७१९, राप्रपाका कुमारी तामाङले दुई हजार १६५ र नेकपा माओवादी केन्द्रका मुनादेवी ढकालले एक हजार ९९८ मत प्राप्त गरेका छन् । रासस