PahiloPost

May 14, 2025 | १ जेठ २०८२

धादिङ धुनीबेसी नगरपालिकाको प्रमुखमा एमालेका बालकृष्ण आचार्य विजयी



पहिलोपोस्ट

धादिङ धुनीबेसी नगरपालिकाको प्रमुखमा एमालेका बालकृष्ण आचार्य विजयी
फोटो : जगदिश रुपाखेतीको फेसबुक

धादिङ : धादिङ धुनीबेसी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका बालकृष्ण आचार्य विजयी भएका छन्। आचार्य ६ हजार ६ सय ४४ मत ल्याएर विजयी भएका हुन्। यस्तै उपप्रमुखमा एमालेकै निरु खरेल ६ हजार ६ सय एक मत ल्याएर विजयी भइन्।

प्रमुखमा निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका दीपक लामिछानेले ४ हजार ३ सय ३५ मत ल्याए भने उपप्रमुखको निकटतम प्रतिद्वन्दीमा पनि माओवादीकै सावित्री आचार्यले ४ हजार ३ सय ३४ मत ल्याइन।

यसअघि धादिङको सिद्धलेक गाउँपालिकामा एमालेकै प्रेमनाथ सिलवाल विजयी भइसकेका छन्।

धादिङमा अब एक नगरपालिका र १० गाउँपालिकाको परिणाम आउन बाँकी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell