पोखराः कास्कीका पाँच गाउँपालिका मध्ये तीन वटा गाउँपालिकामा एमाले र एउटामा कांग्रेसले जित हात पारेको छ ।
कास्कीका रुपा, माछापुच्छ्रे र मादी गाउँपालिकामा एमाले विजयी भएको छ भने अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मादी गाउँपालिकाको प्रमुखमा एमाले उम्मेदवार बेदबहादुर गुरुङ र उपप्रमुखमा बिष्णुमाया आचार्य विजयी भएका छन्। त्यसैगरी, माछापुछ्रे गाउँपालिकाको प्रमुखमा एमालेका कर्णबहादुर गुरुङ र उपप्रमुखमा एमालेकै कृष्णकुमारी पौडेल निर्वाचित भएका छन् ।
रुपा गाउँपालिका प्रमुखमा एमालेका नवराज ओझा र उपप्रमुखमा एमालेकै सुवा गुरुङ निर्वाचित भएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा भने नेपाली कांग्रेसका युवराज कुँबर विजयी भएका छन् ।
उपप्रमुखमा भने एमालेकी सगुन गुरुङ विजयी भइन् । त्यस्तै, महानगरको वडानम्वर १ को अध्यक्षमा एमालेकी शारदा पराजुली प्यानलसहित विजयी भइन्। वडानम्वर २ मा भने कांग्रेसका रामेश्वर मल्लको प्यानल विजयी भएको छ भने वडा नम्वर ३ बाट कांग्रेसका रविन प्रजुको प्यानलनै वियजी भएको छ। त्यसैगरी, वडा नम्वर ५ बाट एमालेका धनबहादुर नेपालीसहितको एमालेको प्यानल विजयी बनेको छ।