धादिङ : धादिङ खनियावास गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रणबहादुर तामाङ र उपाध्यक्षमा कांग्रेसकै यो माया तामाङ विजयी भएका छन्।
अध्यक्षमा विजयी रण बहादुर तामाङले १ हजार ६ सय ४६ तथा उपाध्यक्षमा विजयी यो माया तामाङ १हजार ६ सय ६५ मत ल्याएर विजयी भएका हुन्।
अध्यक्षमा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रदीप फ्युवाले ९ सय ७१ तथा उपाध्यक्षमा एमालेकै सुस्मा तामाङले ९ सय १७ मत प्राप्त गरिन्।
१३ स्थानीय तह रहेको धादिङमा यसअघि नेकपा एमाले धुनसीबेसी नगरपालिका र सिद्धलेक गाउँपालिकामा विजयी भइसकेका छन्।