PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

कक्षा ११ को परीक्षा एक हप्ता पछि सर्‍यो, अब असार ८ बाट



पहिलोपोस्ट

कक्षा ११ को परीक्षा एक हप्ता पछि सर्‍यो, अब असार ८ बाट

काठमाडौं : दोस्रो पटक सरेको कक्षा ११ को परीक्षा अब असार ८ गतेबाट हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले एक हप्ता पछि सार्दै कक्षा ११ को परीक्षाको नयाँ मिती सार्वजनिक गरेको हो। त्यसअघि स्थानिय तहको निर्वाचनका कारण कक्षा ११ को परीक्षाको मिति पहिलो पटक असार १ गतेका लागि सारीएको थियो।

तर जेठ ३१ गते हुने दोस्रो चरणको स्थानिय तह निर्वाचना कारण परीक्षा मिति पुन: धकेलिएको हो।

असार ८ गते सुरु हुने परीक्षा असार १८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा तालिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell