
पोखराः पर्वतको फलेवास नगरपालिकाको मेयरमा नेकपा एमालेका पदमपाणी शर्मा विजयी भएका छन् ।
शर्मा ६ हजार १ सय ३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गंगाधर तिवारीले ५ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् । शर्माले नेपाली कांग्रेसका गंगाधर तिवारीलाई ३ सय ४८ मत अन्तरले हराउँदै विजयी बनेका हुन् ।
त्यस्तै, उपमेयरमा एमालेका मन्जु अधिकारी प्यासी ५ हजार ९ सय ४४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रेखा गुरुङले ५ हजार ६ सय ४९ मत प्राप्त गरेकी छन् ।