PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

'खेल' नसकिदैँ कमल थापाले देखाए 'स्पोर्टस्म्यानसीप', चुनावमा हार स्वीकार



पहिलोपोस्ट

'खेल' नसकिदैँ कमल थापाले देखाए 'स्पोर्टस्म्यानसीप', चुनावमा हार स्वीकार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तहको मतपरिणाम पूर्ण रुपमा सार्वजनिक नभएपनि हार स्वीकार गर्का छन्। बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा थापाको पार्टीको मत निकै कमजोर देखिएको छ।

राजधानी काठमाडौँ र ललितपुरमा नेकपा एमालेसँग गठबन्धन गरेपनि राप्रपाले मतगणनामा अग्रता लिन सकिरहकेो छैन। एमाले मतदाताले राप्रपाका उम्मेद्वारलाई मत नदिएको र दिएको पनि बदर भएपछि उम्मेद्वारहरु पछाडि परिरहेका छन्। 

थापाले ट्विट गर्दै स्थानीय निर्वाचनम हार स्वीकार गरेका हुन्। पूर्व खेलाडी समेत रहेका थापाले खेलमा जस्तै 'स्पोर्टस्म्यानसीप' देखाएका हुन्।

थापाले ट्विटमा लेखेका छन् - राप्रपालाई मतदिने जनतामा आभार। परिणाम अनपेक्षित भएपनि जनादेश स्वीकार गर्छौँ।' विचलित हुँदैनौ, आत्मसमीक्षा गर्छौँ, थप मिहिनेत गर्छौँ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell