PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

काठमाडौं जिल्लाका पहिलो मेयर चुनिए एमालेका सुवर्ण श्रेष्ठ



पहिलोपोस्ट

काठमाडौं जिल्लाका पहिलो मेयर चुनिए एमालेका सुवर्ण श्रेष्ठ

काठमाडौं : काठमाडौंको पूर्वी भेगमा रहेको नगरपालिका शंखरापुरमा मेयर तथा उपमेयर दुवै जितेर उपत्यकाभित्रको नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात थालेको छ। शंखरापुर नगरपालिकामा जित हासिल गर्दै उपत्यकाभित्रको पहिलो विजयी मेयर बनेका छन् – सुवर्ण श्रेष्ठ।

उनले ४ हजार ८ सय ३३ मत ल्याउँदै मेयरमा जित हासिल गरेका हुन्। उपमेयरमा नेकपा एमालेका सुकलक्ष्मी शाक्यले जित हासिल गरिन्। उनले ४ हजार ५ सय १ मत ल्याइन्। मत गणनाको सुरुदेखि नै नेकपा एमालेले लिड गरेको थियो। २०५४ सालको स्थानीय निकायको निर्वाचनमा इन्द्रायणी गाउँ विकास समितिमा एमालेबाट उनले अध्यक्ष जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell