धादिङ : धादिङ थाँक्रे गाउँपालिकाको अध्यक्षमा एमालेका रामकुमार आचार्य र उपाध्यक्षमा एमालेकै अम्बिका रुपाखेती विजयी भएका छन्।
आचार्यले ८ हजार २ सय ३४ र रुपाखेती ८ हजार ३ सय २२ मत ल्याएर विजयी भएका हुन्।
अध्यक्षमा निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका यन्त्र बहादुर थापाले ६ हजार ६ सय ९० तथा उपाध्यक्षको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामकुमार लामाले ५ हजार ४ सय ८८ मत प्राप्त गरे।
एमालेले यसअघि धुनीबेसी र सिद्धलेकमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हिसल गरेको थियो भने नेत्रावतीको अध्यक्षमा मात्र विजयी भएको थियो।