PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

सरकारद्वारा मलेठ घटनाका मृतकलाई सहिद घोषणा, गृहमन्त्रीद्वारा परिवारलाई दश लाख प्रदान



पहिलोपोस्ट

सरकारद्वारा मलेठ घटनाका मृतकलाई सहिद घोषणा, गृहमन्त्रीद्वारा परिवारलाई दश लाख प्रदान

काठमाडौः सप्तरीको मलेठमा प्रहरीको गोली लागि मृत्यु भएका पाँचजनालाई सरकारले सहिद घोषणा गरेको छ। 
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आज बिहान सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा घटनामा मृत्यु भएका पाँचैजनालाई सहिद घोषणा गरिएको जानकारी गराएका हुन् । 

२०७३ फागुन २३ गते एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको कार्यक्रमस्थल नजिक  प्रहरीसँगको झडपमा गोली लागि पाँचजनाको मृत्यु भएको थियो।

प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पिताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । गृहमन्त्री निधिले सहिद परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell