PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

स्थानीय तहको सीमाङ्कन हेरफेर अस्वीकार्य : एमाले



पहिलोपोस्ट

स्थानीय तहको सीमाङ्कन हेरफेर अस्वीकार्य : एमाले
फोटो : योगेश भट्टराईको ट्विटरबाट

काठमाडौँ : नेकपा एमालेले दोश्रो चरणको स्थानीय तहको निर्वाचन अघि स्थानीय तहको सीमाङ्कन हेरफेर अस्वीकार्य रहेको जनाएको छ।
 
एमालेको स्थायी समिति बैठकले स्थानीय तहको संख्या, सीमाङ्कन र नामाङ्कन सम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरी पहिलो चरण निर्वाचन सम्पन्न भइरहेको अवस्थामा सोही आधारमा अवलिम्ब दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराएको छ।
 
सरकारले उपप्रम विजयकुमार गच्छदार नेतृत्वमा पाँच दिन भित्र स्थानीय तहको सीमाङ्कन हेरफेरको सुझाव दिन समिति गठन गरेको थियो। 
यसअघि कमल थापा नेतृत्वमा रहेको समितिले तराईका जिल्लाहरुमा स्थानीय तह परिमार्जनका लागि परिपत्र गरेपछि एमालेले संसदमा अवरोध गर्दै परिपत्र फिर्ता लिन दबाब दिएको थियो। 

एमालेले आफ्नो पार्टीलाई पराजित गर्न गरिएका अपवित्र गठबन्धनहरु, नेकपा एमाले विरुद्धका घेराबन्दी, षड्यन्त्र र देशव्यापी आक्रमणहरु, राज्यपक्षको व्यापक दुरुपयोगका बाजदूत कठिन र चुनौतीका बीचमा पनि एमालेको विजयलाई सनुश्चित गर्न मतदान गरको भन्दै मतदातालाई धन्यवाद दिएको छ। 

एमालेले स्थानीय तहको निर्वाचनको क्रममा दोलखा, कालिकोट, सिन्धुपाल्चोक, काभ्रे, रसुवा लगायतका जिल्लामा सत्ताको आडमा आपराधिक र अराजनीतिक क्रियाकलाप भएको भन्दै घोर भत्सर्ना गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell