PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपमा नेपालको दुवै टोली सेमिफाइनलमा



पहिलोपोस्ट

आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपमा नेपालको दुवै टोली सेमिफाइनलमा
पाकिस्तानविरुद्ध जित हात पारेपछि कोर्टबाट बाहिरिदै नेपालका आर्यन गिरी (दायाँ) र आरभसम्राट हाडा।

काठमाडौं : नेपालको ब्वाइज र गर्ल्स दुवै टिम आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपालको दुवै टोली आ–आफ्नो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो। नेपालको ब्वाइज टिम समूह ‘बी’ तथा गर्ल्स टिम समूह ‘ए’ को विजेता बनेका हुन्।

बुधबारको खेल समाप्तिसंगै सेमिफाइनल समीकरण पनि तयार भएको छ। ब्वाइजतर्फ सेमिफाइनलमा नेपालले भारत तथा भुटानले बंगलादेश विरुद्ध खेल्नेछन्।

यस्तै गर्ल्समा नेपालले श्रीलंकाको सामना गर्ने छ भने भारतले बंगलादेशसंग खेल्नेछ। सेमिफाइनल बिहीबार हुनेछ। सेमिफाइनलमा विजयी हुने टोली काजाकिस्तानमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपलाई छानिने छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा लिगको अन्तिम दिन ब्वाइजको समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तानलाई ३–० ले पराजित गर्‍यो।

सिंगल्समा नेपालका आरभसम्राट हाडाले पाकिस्तानका विलाल असिमलाई ६–३ र ६–३ तथा आर्यन गिरीले हमिद इस्रारलाई १–६, ६–० र ६–२ को सेटमा पराजित गरे।

डबल्समा आरभ र आर्यनको जोडीले पाकिस्तानका हमिद र उमर कसान खलिललाई ६–४ र ६–१ को सोझो सेटमा हराए।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइजतर्फ समूह ‘ए’ मा भारतले माल्दिभ्सलाई ३–० तथा समूह ‘बी’ मा बंगलादेशले श्रीलंकालाई २–१ ले हराए।

गर्ल्सको समूह ‘ए’ मा भारतले माल्दिभ्स तथा समूह ‘बी’ मा श्रीलंकाले बंगलादेशलाई समान ३–० को सेटमा हराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell