
काठमाडौँ : पहिलोपटक निर्वाचनमा भाग लिएको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले स्थानीय तहको अध्यक्ष पदमा जीत हात पार्दै डेब्यु गरेको छ। नयाँ शक्तिले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा अध्यक्ष जितेको हो। अध्यक्षमा नयाँ शक्ति पार्टी नेपालका भुजुङ तामाङ विजयी भएका छन्।
तामाङ ९६४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ल्हाक्पा गोम्बु तामाङले ६४३ मत प्राप्त गरेका हुन्। उपाध्यक्षमा ६६५ मत प्राप्त गरी एमालेकी नवीना तामाङ विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका सङ्गीता तामाङले ६६३ मत प्राप्त गरिन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले धादिङ रुबिभ्याली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको छ। राप्रपाका चेरुङ तामाङ १ हजार ४ सय ७७ मत प्राप्त गरी अध्यक्ष र राप्रपाकै बिना लामा १ हजार ४ सय ९ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका हुन्।
त्यस्तै राष्ट्रिय जनमोर्चाले पनि बाग्लुङको वरेङ गाउँपालिकाम जीत हात पारेको छ। गाउँपालिकाको अध्यक्षमा कृष्णप्रसाद शर्मा र उपाध्यक्षमा दिलमाया पुन विजयी भएकी हुन्।